धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज राई १ हजार ८८ मतले अगाडि
शुक्रबार, ०६ जेठ २०७९, ०८ : ५७
सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेखवार हर्कराज राईले १ हजार ८८ मतले अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका किशोर राईले १० हजार ३९२ मत पाउँदा हर्कराजले ११ हजार ४८० मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले भने ८ हजार ४६८ मत पाएकी छिन् ।
उपप्रमुखमा भने गठबन्धनबाट माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा अगाडि छन् । उनले ११ हजार ९३८ मत ल्याउँदा एमालेका उम्मेदवार पदमप्रसाद लिम्बूले ११ हजार ४०२ मत ल्याएका छन् ।
शुक्रबार अहिले बिहान ८ः२५ सम्ममा धरानको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १८ र १९ को मतगणना सकिएको छ भने वडा नं. ११ को २८०० मत, वडा नं. १३ को १६०० मत, १४ को १५०० र वडा नम्बर २० को १३१० मत गणना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा