काठमाडौंमा बालेन र केशवको मतान्तर १२ हजार ५७१
शुक्रबार, ०६ जेठ २०७९, १६ : ३८
काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । शुक्रबार दिउँसो साढे चार बजे आयोगले गरेको अद्यावधिक विवरणमा साहले २७१३४ मतसहित आफ्नो अग्रता कायमै राखेका हुन् ।
त्यस्तै साहका प्रतिस्पर्धी एमालेका केशव स्थापितले १४५६३ र गठबन्धन उम्मेदवार सिर्जना श्रेष्ठले १४०७४ ल्याएकी छन् । साह र स्थापितबीचको मतान्तर १२५७१ रहेको छ ।
त्यसैगरी उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले २६८५२ मतसहित अग्रता बनाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९३१६ मत मात्र पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमजोर प्रतिद्वन्द्वीसँग जिल्लियो लिग लिडर पीएसजी, लम्बियो उपाधि यात्रा
-
इराकी टिकटक स्टारको गोली हानी हत्या
-
लगानी सम्मेलनमा सबैभन्दा धेरै चिनियाँ लगानीकर्ता, ३५० भन्दा धेरैको उपस्थिति
-
‘फर्की फर्की’को शीर्ष गीतमा अनमोल र जसिताको रोमान्स
-
हमासले अपहरण गरेका दुई जनाको नयाँ भिडियो सार्वजनिक
-
सतलज जलविद्युत निगमले भन्यो – नेपाल लगानी मैत्री मुलुक