शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

इराकको संसद्‍द्वारा समलिङ्गी सम्बन्धलाई अपराध मान्ने विधेयक पारित

आइतबार, १६ वैशाख २०८१, १० : २२
आइतबार, १६ वैशाख २०८१

बगदाद । इराकको संसद्ले समलिङ्गी सम्बन्धलाई अपराध मान्ने विधेयक पारित गरेको छ । यस विधेयकमा समलिङ्गी सम्बन्ध राख्नेलाई १० देखि १५ वर्षसम्मको सजायको व्यवस्था गरिएको छ । नयाँ कानुनअनुसार तेस्रो लिङ्गीलाई पनि एकदेखि तीन वर्षसम्म जेल पठाउन सकिनेछ ।

यस व्यवस्थाले देशमा धार्मिक मूल्य मान्यताहरू कायम राख्न मद्दत गर्ने नयाँ कानुनका समर्थकहरूको विश्वास छ । विधेयकको विरोध गर्ने समूहहरूले चाँहि इराकले यस कानुन मार्फत एलजीबीटी समुदायको अधिकारको हनन जारी राख्ने बताइरहेका छन् ।

यसअघिको विधेयकको मस्यौदामा सन् १९८० मा पारित गरिएको वेश्यावृत्ति विरुद्धको कानुन संशोधन गर्नका लागि ल्याइएको थियो । यसमा मृत्युदण्डको व्यवस्था गरिएको थियो । तर, अमेरिका र पश्चिमी मुलुकको विरोधपछि त्यसमा परिवर्तन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप