इराकको संसद्द्वारा समलिङ्गी सम्बन्धलाई अपराध मान्ने विधेयक पारित
आइतबार, १६ वैशाख २०८१, १० : २२
बगदाद । इराकको संसद्ले समलिङ्गी सम्बन्धलाई अपराध मान्ने विधेयक पारित गरेको छ । यस विधेयकमा समलिङ्गी सम्बन्ध राख्नेलाई १० देखि १५ वर्षसम्मको सजायको व्यवस्था गरिएको छ । नयाँ कानुनअनुसार तेस्रो लिङ्गीलाई पनि एकदेखि तीन वर्षसम्म जेल पठाउन सकिनेछ ।
यस व्यवस्थाले देशमा धार्मिक मूल्य मान्यताहरू कायम राख्न मद्दत गर्ने नयाँ कानुनका समर्थकहरूको विश्वास छ । विधेयकको विरोध गर्ने समूहहरूले चाँहि इराकले यस कानुन मार्फत एलजीबीटी समुदायको अधिकारको हनन जारी राख्ने बताइरहेका छन् ।
यसअघिको विधेयकको मस्यौदामा सन् १९८० मा पारित गरिएको वेश्यावृत्ति विरुद्धको कानुन संशोधन गर्नका लागि ल्याइएको थियो । यसमा मृत्युदण्डको व्यवस्था गरिएको थियो । तर, अमेरिका र पश्चिमी मुलुकको विरोधपछि त्यसमा परिवर्तन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण