सतलज जलविद्युत निगमले भन्यो – नेपाल लगानी मैत्री मुलुक
काठमाडौँ । सतलज जलविद्युत निगमका प्रतिनिधि सुनिल शर्माले सन् २००८ देखि नेपालसँग सहकार्य गरिरहेको बताएका छन् । लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै एसजेभिएनका प्रतिनिधि शर्माले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनामा लगानी सुरु गरेयता नेपालमा सहकार्य गरिरहेको बताएका हुन् ।
उनले नेपाल लगानी मैत्री मुलुक भएको बताए । ठुला जलविद्युत परियोजना र ठुला पूर्वाधार विकास परियोजनामा नेपालले सार्वजनिक निजी साझेदारीका लागि उत्कृष्ट गन्तव्य भएको बताए । यस्तै नेपाल सरकारले पछिल्लो समय विदेशी र स्वदेशी लगानीकर्तालाई लगानीमैत्री वातावरण बनाउनका लागि कानुनहरूमा समेत सुधार गरेको बताए ।
नेपाल लगानी बोर्डले निरन्तररुपमा पूर्वाधार विकासका लागि सहयोगी भूमिका खेल्ने गरेको उनको भनाई छ । यस्तै परियोजनामा आउने समस्या समाधानका लागि निरन्तरुपमा लगानी बोर्डले सहकार्य गरेको उदाहरण रहेको उनको भनाई छ । यो प्रकारको गतिविधिले नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएको पुष्टि गर्ने उनको भनाई छ ।
जलविद्युत उत्पादनका लागि उत्कृष्ट गन्तव्य भएको र नेपाल सरकारले समेत आगामी १२ वर्षमा २८ हजारभन्दा बढी बिजुली उत्पादनको लक्ष्य लिएको शर्माको भनाई छ । एसजेभिएनले भारतमा सोलार पावर प्लान्ट र वायु ऊर्जा उत्पादनको काम गरिरहेको छ । तर नेपालमा समेत सोलार र वायु ऊर्जा उत्पादनका लागि उत्कृष्ट गन्तव्य भएको शर्माको भनाई छ ।
यसबाहेक नेपालमा ग्रीन हाइड्रोजन समेत उत्पादनको सम्भावना रहेको र भावी दिनमा एसजेभिएनले लगानी सुरु गर्ने शर्माको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण