आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सतलज जलविद्युत निगमले भन्यो – नेपाल लगानी मैत्री मुलुक

'जलविद्युतसँगै सोलार, वायु र ग्रीन हाइड्रोजनमा उल्लेख्य सम्भावना छ'
आइतबार, १६ वैशाख २०८१, १० : २८
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । सतलज जलविद्युत निगमका प्रतिनिधि सुनिल शर्माले सन् २००८ देखि नेपालसँग सहकार्य गरिरहेको बताएका छन् । लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै एसजेभिएनका प्रतिनिधि शर्माले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनामा लगानी सुरु गरेयता नेपालमा सहकार्य गरिरहेको बताएका हुन् ।

उनले नेपाल लगानी मैत्री मुलुक भएको बताए । ठुला जलविद्युत परियोजना र ठुला पूर्वाधार विकास परियोजनामा नेपालले सार्वजनिक निजी साझेदारीका लागि उत्कृष्ट गन्तव्य भएको बताए । यस्तै नेपाल सरकारले पछिल्लो समय विदेशी र स्वदेशी लगानीकर्तालाई लगानीमैत्री वातावरण बनाउनका लागि कानुनहरूमा समेत सुधार गरेको बताए ।

नेपाल लगानी बोर्डले निरन्तररुपमा पूर्वाधार विकासका लागि सहयोगी भूमिका खेल्ने गरेको उनको भनाई छ । यस्तै परियोजनामा आउने समस्या समाधानका लागि निरन्तरुपमा लगानी बोर्डले सहकार्य गरेको उदाहरण रहेको उनको भनाई छ । यो प्रकारको गतिविधिले नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएको पुष्टि गर्ने उनको भनाई छ ।

जलविद्युत उत्पादनका लागि उत्कृष्ट गन्तव्य भएको र नेपाल सरकारले समेत आगामी १२ वर्षमा २८ हजारभन्दा बढी बिजुली उत्पादनको लक्ष्य लिएको शर्माको भनाई छ । एसजेभिएनले भारतमा सोलार पावर प्लान्ट र वायु ऊर्जा उत्पादनको काम गरिरहेको छ । तर नेपालमा समेत सोलार र वायु ऊर्जा उत्पादनका लागि उत्कृष्ट गन्तव्य भएको शर्माको भनाई छ ।

यसबाहेक नेपालमा ग्रीन हाइड्रोजन समेत उत्पादनको सम्भावना रहेको र भावी दिनमा एसजेभिएनले लगानी सुरु गर्ने शर्माको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप