ad
x

लेभ्निङ इलेक्ट्रिक स्कुटरको सोरुम भिजिट गर्दा सलमान खान शो टिकटका साथै इलेक्ट्रिक स्कुटर पाइने

person explore access_timeजेठ ८, २०७९ chat_bubble_outline0

चिनियाँ इलेक्ट्रिक स्कुटर लेभ्निङको सोरुम भ्रमण गर्दा समेत सलमान खान शो को टिकट पाउन सकिने भएको छ । त्यसैगरी एक जनाले लेभ्निङ इलेक्ट्रिक स्कुटर समेत पाउने अफर सार्वजनिक गरिएको छ । नेपालका लागि लेभ्निङ इलेक्ट्रिक स्कुटरको आधिारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले यो स्किम ल्याएको हो । 


यस अनुसार लेभ्निङका कुनै पनि सोरुम भिजिट गर्दा लक्की ड्रमार्फत २ वटा सलमान खान शोको टिकट पाउन सकिने छ भने बम्परमा एक जनाले सो इलेक्ट्रिक स्कुटर पाउने छन् । सोरुममा गएर ग्राहकले स्कुटर टेस्ट राइड गर्नुका साथै एउटा फारम भर्नु पर्नेछ । 



आगामी मे २८ अर्थात जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने ‘टुबोर्ग द–बङ द टुर – रिलोडेड’ नामक सलमान खान शोलाई लक्ष्यित गरी यो स्किम ल्याएको बताइएको छ । नेपाली बजारमा लेभ्निङका विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । बज्र ग्रुपले नेपाली बजारमा ३० वर्ष भन्दा लामो समय देखि सेवा प्रदान गर्दै आएको छ । लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरणका लागि यसका देशभर ५ सय भन्दा बढी दक्ष कर्मचारीहरुको समूह छ । १० भन्दा बढी डिलर र ७ भन्दा बढी सर्भिस प्वाइन्टमार्फत यसले सेवा प्रदान गरिरहेको छ ।
 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।