भरतपुरमा ९६ हजार ३११ मतगणना सकियो, उपमेयरमा चित्रसेन अधिकारी जित नजिक
आइतबार, ०८ जेठ २०७९, १७ : १९
भरतपुर महानगरपालिकामा ९६ हजार ३११ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार उपमेयरमा गठबन्धनको साझा उम्मेदवार चित्रसेन अधिकारी जित नजिक पुगेका छन् । उनले राप्रपाकी उमपेयर उम्मेदवार हिमला गुरुङसँग फराकिलो अग्रता बनाएका छन् ।
अधिकारीले ४० हजार १२१ मत पाउँदा गुरुङले २३ हजार ४४३ मत पाएका छन् । वैशाख ३० गतेको स्थानीय निर्वाचनमा भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो । यस्तै मेयर पदमा पनि माओवादी केन्द्रकी रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् । उनले एमालेका प्रतिस्पर्धी उम्मेदवार विजय सुवेदीसाग मतान्तर ८२९५ को बनाएकी छन् । रेनु दाहालले ३७९२८ मत पाउँदा विजयले २९६३३ मत पाएका छन् । यस्तै स्वतन्त्रध उम्मेदवार जगन्नाथ पौडेलले १२४६३ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा