
एन्फा अध्यक्षका लागि शेर्पाले आज उम्मेदवारी दिने

अखिल नेपाल फुटबल संघ (एन्फा)का आसन्न निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । असार ६ गते हुने केन्द्रिय चुनावका लागि अध्यक्ष पदमा उनले उम्मेदवारी दिने भएका हुन् ।
अध्यक्ष शेर्पाको प्यानलले सोमबार एक कार्यक्रमकाबीच उम्मेदवारीको घोषणा गर्दै उम्मेदवारी दर्ता गराउने छन् । शेर्पा एन्फाका वर्तमान अध्यक्ष हुन् । एन्फाको आसन्न निर्वाचनका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भइसकेको छ । यसअघि अध्यक्ष पदका लागि पंकज नेम्बाङले उम्मेदवारी दिइसकेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ