शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा मोटर्स कार शोरुम अब ललितपुरको सातदोबाटोमा

सोमबार, ०९ जेठ २०७९, १४ : १७
सोमबार, ०९ जेठ २०७९

भारतको सबैभन्दा ठूलो अटोमोबाईल कम्पनी टाटा मोटर्सले आफ्नो ललितपुरको सातदोबाटोस्थित सिप्रदीको आधिकारिक डिलर जे.बि. अटोमोटिभ प्रा.लि.को उद्घाटनबाट शुरु गरेको छ । टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी टे«डिङ्गले आफ्नो ग्राहकहरूका लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा विक्री सेवा सुविधा केन्द्र ललितपुरमा सुरु गरेको हो । 

एक कार्यक्रम मार्फत प्रमुख अतिथिका रुपमा टाटा मोटर्सका तर्फबाट अजित सिंह, सिप्रदीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सन्चालन अधिकृत राजेश प्रसाद गिरी, प्यासेन्जर भेहिकल प्रमुख शावन्त जङ्ग सिजापती, विभिन्न विभागका प्रतिनिधिको स्वागत र जे.बि. अटोमोटिभका अध्यक्ष जे.बि.घिसिङ्ग र ज्योती बानियाँले गरेका थिए । उक्त कार शोरूममा टाटा मोटर्सका नयाँ बिएस ६ का सम्पूर्ण गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप