एनआरएनएको विधान संशोधनको लागि तयारी सुरु
गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान संशोधनको लागि आवश्यक तयारी सुरु गरिएको छ । संघको विधान समितिका संयोजक डा. हेम राज शर्माको अध्यक्षतामा सोमवार बसेको पहिलो बैठकले कार्यविधि तयार गरेको समितिको सदस्य सचिव गंगाधार गौतमले जानकारी दिए ।
बैठकले सङ्घको विधानमा सदस्यता वितरण, राष्ट्रिय महाधिवेशन, महाधिवेशन प्रतिनिधि चयन, अन्तर्राष्ट्रिय महाधिवेशन र निर्वाचन पद्धति लगायतका विषयमा केन्द्रित रहेर कार्यविधि बनाउने निर्णय गरेको छ । बैठकमा सङ्घको १० औँ महाधिवेशनमा देखिएका चुनौती र विधान कार्यान्वयनमा देखिएका समस्याका बारेमा छलफल भएको थियो ।
बैठकले आगामी एक हप्ताभित्र संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा. बद्री केसी र महासचिवद्वय गौरी जोशी र डा. केशव पौडेललाई। समितिको बैठकमा छलफलको लागि बोलाउने निर्णय गरेको छ । बैठकमा समितिका सदस्यहरू यासमिन वेगम सयैद, नारायण आचार्य, भूषण घिमिरे, नरेन्द्र भाट र महेश श्रेष्ठको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु
-
चिनीभन्दा खतरनाक हुन्छ कृत्रिम गुलियो
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँमा