आगामी आर्थिक वर्ष नेपालले ‘क्रेडिट रेटिङ’ सम्पन्न गर्ने
सरकारले आगामी आर्थिक वर्ष नेपालको क्रेडिट रेटिङ सम्पन्न गर्ने भएको छ । सरकारले नीति तथा कार्यक्रमको योजनामै समेटेर आगामी आर्थिक वर्ष क्रेडिट रेटिङ सम्पन्न गर्ने जानकारी दिएको हो ।
राष्ट्रपति भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनिन्, ‘आगामी वर्ष नेपालको क्रेडिट रेटिङ सम्पन्न गरिने छ ।’ हालसम्म नेपालको अर्थतन्त्रको क्रेडिट रेटिङ गरिएको छैन ।
फलस्वरूप नेपालको अर्थतन्त्रको जोखिम वहन क्षमता र भारवहन क्षमताबारे जानकारी मिलेको छैन । त्यसैले विदेशी लगानीकर्ताहरूले नेपालमा ठूला विदेशी लगानी ल्याउन मानिरहेका छैनन् । तर, क्रेडिट रेटिङ सम्पन्न भएपछि विदेशी लगानी बढ्ने अपेक्षा सरकारको छ ।
यस्तै, भण्डारीले आगामी आर्थिक वर्ष नेपालको पूँजी बजारलाई थप व्यवस्थि र सुदृढ बनाउने समेत जानकारी दिइन् । यसका लागि उत्पादनमूलक क्षेत्रलाई सेयर बजारमा ल्याउने र लगानीकर्तालाई लगानीका लागि प्रोत्साहन गर्ने नीति लिने बताइएको छ ।
यसैगरी, जीवन र निर्जीवन बीमालाई उत्पादन र उत्पादकत्वसँग जोड्ने सरकारको योजना रहेको समेत उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा