
धनगढीका ज्येष्ठ नागरिकलाई नीजि अस्पतालमा सहुलियत दिइने

कैलालीको धनगढी उपमहानगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई नीजि अस्पतालमा उपचार गर्दा सहुलियत दिने सहमति भएको छ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र नेपाल निजी अस्पताल संघका अध्यक्ष जनकराज जोशीसहित पदाधिकारीबीच मंगलबार बसेको बैठकले नीजि अस्पतालमा उपचारका लागि आउने ज्येष्ठ नागरिकलाई सहुलियत दिने सहमति गरेको हो ।
सबै नीजि अस्पतालमा उपचारका लागि जाने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क ओपिडी सेवा प्रदान गर्ने सहमति भएको जनाइएको छ । ‘७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिकलाई निःशुल्क ओपिडी सेवासहित रोग निदान (परीक्षण) र बेड चार्जमा १० प्रतिशत सहुलियत दिने र औषधिमा समेत ५ प्रतिशत सहुलियत दिने’ सम्झौतापत्रमा उल्लेख छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ