एनआईसी एसियाको नायब प्रमुख कार्यकारी अधिकृतमा राठी नियुक्त
एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार राठी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
राठीले साउन १ गतेदेखि बैंकको कार्यभार सम्हाल्नेछन् । राठी २०६४ मंसिर १९ देखि एनआइसी एसियामा जोडिएका थिए । उनी तत्कालीन बैंक अफ एशिया नेपालको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट सेवामा जोडिएका थिए ।
राठी विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै उक्त पदमा नियुक्त भएका हुन् । बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका राठीलाई बैंकको रुपान्तरणमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै नयाँ जिम्मेवारी दिएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा