नियमित कप्तान तथा गोलकिपर बिना नेपाली टोलीको बिदाइ
जुन ८ देखि १४ सम्म कुवेतमा आयोजना हुने एएफसी एसिया कप २०२३ को तेस्रो चरणका लागि मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई गरिएको छ । मंगलबार अबेर अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमको आयोजना गरेर नेपाली टोलीको विदाई गरेको हो ।
कुवेतमा आयोजना हुने छनोट खेलमा सहभागिता जनाउने खेलाडीको अन्तिम नामावली यसअघि शुक्रबार मात्र मुख्य प्रशिक्षक प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले घोषणा गरेका थिए । घोषणा गरिएको टोलीमा नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङसहित अन्य ९ खेलाडी विना नै मुख्य प्रशिक्षकले २३ सदस्यीय राष्ट्रिय टिमको नाम सार्वजनिक गरेका थिए । बन्द प्रशिक्षणमा रहेका बेला सेवा सुविधा पर्याप्त नभएको भन्दै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छाडेका १० खेलाडी विना प्रशिक्षक अलमुताइरीले २३ सदस्यीय खेलाडीको सूची सार्वजनिक गरेका हुन् । पछिल्लो समय मुख्य प्रशिक्षक र खेलाडीबीचको टक्राबमा किरणले साथ दिएका थिए।
यसपटक घोषणा भएको राष्ट्रिय टोलीमा चार नयाँ अनुहारले स्थान बनाएका छन । रक्षक विकास तामाङ र शिव गुरुङसँगै मिडफिल्डर निरकुमार राई र रोशन रानामगरले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । एसिया कप तेस्रो चरणको छनोटमा नेपाल समूह ए मा रहेको छ । नेपाल सम्मिलित समूहमा आयोजक कुवेतसँगै बलियो जोर्डन र इन्डोनेसिया रहेका छन् । नेपालले जुन ८ मा जोर्डनविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । यस्तै, दोस्रो खेलमा कुवेतविरुद्ध जुन ११ मा खेल्दा जुन १४ मा इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेल्ने तालिका छ । यसैबीच हालका लागि नवयुग श्रेष्ठलाई कम्तानको जिम्मा दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’