
७४५ पालिकाको मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते ?

देशका ७५३ पालिकामध्ये ७४५ को मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिकाहरुमध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारी विजयी बनेका छन् ।
काँग्रेसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिका जितेका छन् ।
निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार काँग्रेसले ३२५, एमालेले २०३, माओवादीले १२१, जसपाले ३०, एकीकृत समाजवादीले २०, लोसपाले १६ र अन्य दल तथा स्वतन्त्र उम्मेदवारले ३० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।
हाल मतगणना भइरहेका सात वटा पालिकामध्ये ३ वटामा कांग्रेस, २ वटामा एमाले, एउटामा एकीकृत समाजवादी र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ