शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले नेपाली विद्यार्थी फिर्ता गर्ने तयारी गरेकोमा धन्यवाद ज्ञापन

बुधबार, ११ जेठ २०७९, २२ : २७
बुधबार, ११ जेठ २०७९

चीन–नेपाल कूटनीतिक परामर्श संयन्त्रको १४ औँ बैठक बुधबार सम्पन्न भएको छ। वैठकमा नेपालका परराष्ट्र सचिव भरत राज पौड्याल र जनगणतन्त्र चीनका सहायक विदेश मन्त्री वु जियानघाओले आ–आफ्नो देशका प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। 

बैठकमा दुई पक्षले नेपाल–चीन सम्बन्धको पुनरावलोकन गरे भने द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप प्रवर्द्धन गर्ने बारेमा विचार आदान प्रदान गरे । सो अवसरमा दुई पक्षले उच्च–स्तरको भ्रमणको महत्त्वमाथि पनि जोड दिए र दुई देशबीच भएका सम्झौता र समझदारीलाई समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। 

त्यसबाहेक पनि दुई पक्षले व्यापार, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, विपद् व्यवस्थापन, शिक्षा, संस्कृति र जनस्तरको सहकार्यको प्रवर्द्धन गर्न पनि सहमति जनाए । 

नेपाली प्रतिनिधिमण्डलमा नेपाल सरकारका विभिन्न मन्त्रालयका शीर्ष अधिकारीका अतिरिक्त बेइजिङ स्थित नेपाली दूतावासका चार्ज डी अफेर उपस्थित थिए। त्यस्तै चिनियाँ प्रतिनिधिमण्डलमा चीनको विदेश मन्त्रालयका उच्च पदस्थ अधिकारी र नेपालका लागि चिनियाँ राजदूत संलग्न थिए। 

विश्वव्यापी महामारी अन्त्य भएपछिको अवस्थामा सहकार्य र साझेदारी वृद्धिको लागि द्विपक्षीय संयन्त्र सक्रिय बनाउने विषयमा पनि सहमति भयो । दुई पक्षले चिनियाँ सहयोगमा नेपालमा बनिरहेका परियोजना समयमै सकाउनुपर्ने विषयमा पनि जोड दिए। 

बैठकमा नेपालका परराष्ट्र सचिव पौड्यालले काठमाडौँ –कुनमिङ तथा काठमाडौँ–चेङ्दुबीच नियमित उडान सुचारु गर्ने चिनियाँ निर्णयको लागि धन्यवाद दिए । 

साथै चीनले नेपाली विद्यार्थी फिर्ता गर्ने तयारी गरेकोमा पनि पौड्यालले चिनियाँ पक्षलाई धन्यवाद दिएका थिए । महामारीमा नेपाल फर्किएका विद्यार्थी अझै चीन फर्किन पाएका छैनन् । नेपाली परराष्ट्र सचिवले बैठकमा विद्यार्थीका अतिरिक्त नेपाली व्यवसायी र तिनको परिवारलाई चीन फिर्तीमा सघाउन आग्रह गरे । उनीहरुबीच अन्य विभिन्न क्षेत्रीय तथा बहुपक्षीय फोरममा आपसी चासोको विषयमा सहकार्य जारी राख्ने विचारमा विचार आदान प्रदान भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप