मेयर बालेन्द्रले लिए नेपाल भाषामा पनि सपथ (तस्बिरहरु)
सोमबार, १६ जेठ २०७९, १२ : २६
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले सपथ लिएका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित सपथ ग्रहण समारोहमा साहले सपथ लिएका हुन् । मुख्य निर्वाचन अधिकृत राजु खतिवडासँग महानगर प्रमुखमा निर्वाचित साहले नेपाली भाषामा सपथ लिएपछि नेपाल भाषामा समेत सपथ पढे ।
प्रमुख साहसँग उपप्रमुख सुनिता डंगोलले भने नेपाल भाषामा सपथ लिएकी थिइन् । कार्यक्रममा वडाध्यक्ष, वडा सदस्यहरुलाई पनि शपथ गराइएको थियो । कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । शपथपछि सोमबार प्रमुख साह र उपप्रमुख सुनिता डंगोलले कार्यालयमा पुगेर पदभार ग्रहण गर्दैछन् ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण