नेपाली व्यवसायी अर्याललाई अमेरिकी मानार्थ विद्यावारिधि
लामो समयदेखि घर खरिद बिक्री (रियल स्टेट) व्यवसायमा संलग्न नेपाली युवा ब्यवसायी अनिलबाबु अर्यालले क्यालिफोर्नियाको ओकल्याण्डस्थित लिंकन युनिभर्सिटीबाट मानार्थ विद्यावारिधि पिएचडी उपाधि हासिल गरेका छन् ।
व्यवसायी अर्यालले नेपाली समुदायमा घर खरिद बिक्री ब्यवसाय मार्फत नेपाली समुदायमा पुर्याएको योगदान र सहयोगको कदर स्वरुप सो पिएचडी उपाधि दिइएको विश्वविद्यालयले जनाएको छ ।
हरेक विधामा उत्कृष्ट योगदान पुर्याउनेहरुलाई सो विश्व विद्यालयले विद्यावारिधिको उपाधि प्रदान गर्दै आएको छ । बाणिज्य प्रशासन (विजनेश एडमिनिष्ट्रेशन)मा मानार्थ विद्यावारिधि उपाधि प्राप्त गर्ने अर्याल पहिलो नेपाली व्यवसायी हुन् । अमेरिकाको होम स्न्याप कम्पनीले गरेको सर्वेक्षणको शीर्ष ५ प्रतिशतमा अर्यालको नाम प्रकाशित भएको थियो । सोही आधारमा लिंकन विश्वबिद्यालयले उनलाई विद्यावारिधिको लागि छनौट गरेको थियो ।
विद्यावारिधी उपाधि पाउनु गौरवको विषय भएको बताउदै ब्यवसायी अर्यालले आफूलाई यसवाट थप उत्साह र प्रेरणा मिलेको बताए ।
सन् १९८७ मा गोरखामा जन्मेका अर्याल उच्च शिक्षा अध्ययनको लागि २००७ मा अमेरिकाको पश्चिम भर्जिनियामा आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा