नेपाली व्यवसायी अर्याललाई अमेरिकी मानार्थ विद्यावारिधि
लामो समयदेखि घर खरिद बिक्री (रियल स्टेट) व्यवसायमा संलग्न नेपाली युवा ब्यवसायी अनिलबाबु अर्यालले क्यालिफोर्नियाको ओकल्याण्डस्थित लिंकन युनिभर्सिटीबाट मानार्थ विद्यावारिधि पिएचडी उपाधि हासिल गरेका छन् ।
व्यवसायी अर्यालले नेपाली समुदायमा घर खरिद बिक्री ब्यवसाय मार्फत नेपाली समुदायमा पुर्याएको योगदान र सहयोगको कदर स्वरुप सो पिएचडी उपाधि दिइएको विश्वविद्यालयले जनाएको छ ।
हरेक विधामा उत्कृष्ट योगदान पुर्याउनेहरुलाई सो विश्व विद्यालयले विद्यावारिधिको उपाधि प्रदान गर्दै आएको छ । बाणिज्य प्रशासन (विजनेश एडमिनिष्ट्रेशन)मा मानार्थ विद्यावारिधि उपाधि प्राप्त गर्ने अर्याल पहिलो नेपाली व्यवसायी हुन् । अमेरिकाको होम स्न्याप कम्पनीले गरेको सर्वेक्षणको शीर्ष ५ प्रतिशतमा अर्यालको नाम प्रकाशित भएको थियो । सोही आधारमा लिंकन विश्वबिद्यालयले उनलाई विद्यावारिधिको लागि छनौट गरेको थियो ।
विद्यावारिधी उपाधि पाउनु गौरवको विषय भएको बताउदै ब्यवसायी अर्यालले आफूलाई यसवाट थप उत्साह र प्रेरणा मिलेको बताए ।
सन् १९८७ मा गोरखामा जन्मेका अर्याल उच्च शिक्षा अध्ययनको लागि २००७ मा अमेरिकाको पश्चिम भर्जिनियामा आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण