शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जिसस रसुवामा काँग्रेस र एमालेको तीव्र प्रतिस्पर्धा

बिहीबार, २६ जेठ २०७९, ०६ : ४२
बिहीबार, २६ जेठ २०७९

जिल्ला समन्वय समिति रसुवाको प्रमुखमा दुई जनाको उम्मेदवारी परेको छ । बुधबार भएको उम्मेदवारी दर्तामा नेकपा एमालेबाट अशोक घिमिरे र नेपाली काँग्रेसबाट ओमप्रसाद आचार्यको  उम्मेदवारी परेको हो । त्यसैगरि उपप्रमुखमा नेकपा एमालेबाट विजय लामा र नेपाली काँग्रेसबाट हरिप्रसाद देवकोटाको उम्मेदवारी परेको छ । 

जिल्ला समन्वय समितिको सदस्यमा नेकपा एमालेबाट कामी छिरिङ तामाङ, खुवा प्रसाद पौडेल, सीता विश्वकर्मा काँग्रेसबाट खिलबहादुर न्यौपाने, डिब राज न्यौपाने, सविता गुरुङको उम्मेदवारी परेको छ । समन्वय समितिको महिला सदस्यमा नेकपा एमालेबाट अमिता विश्वकर्मा, देशी रानी तामाङ, मेम्बर थिङ तामाङ, काँग्रेसबाट कारतोक लामा, निर्मला श्रेष्ठ र शेर बहादुर गलानको उम्मेदवारी परेको छ । 

त्यसैगरि समन्वय समितिको दलित वा अल्पसंख्यक सदस्यमा नेकपा एमालेबाट लाक्पा घले र नेपाली काँग्रेस बाट पार्वती विश्वकर्माको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ । 

जिल्लामा जिल्ला समन्वय समितिको  प्रमुख, उपप्रमुख तथा अन्य पदका लागि नेकपा एमाले र नेपाली काँग्रेस को बराबर मतदाता रहेका हुन् ।  जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख, अध्यक्ष र उपप्रमुख, उपाध्यक्षले मतदान गर्न पाउँछन् ।  

जिल्लामा पाँच वटा पालिका रहेका छन् । पाँच वटा पालिकाका १० जना मतदाताले मतदान गर्ने छन् । पालिका अध्यक्षमा दुई र उपाध्यक्षमा तीन गरी नेकपा एमालेको ५ जना र पालिका प्रमुखमा तिन र पालिका उपप्रमुखमा दुई गरी नेपाली काँग्रेस को ५ जना मतदाता रहेका छन् ।

जिससको निर्वाचन जित्न कम्तीमा पनि ६ मत ल्याउनुपर्छ । जिसस जित्न एमाले र काँग्रेस दुवैसँग पर्याप्त भोट नपुग्ने निश्चित छ । काँग्रेस र एमाले कुनै एउटा पक्षले अर्को पक्षको एउटा भोट आफूतिर तान्नुपर्ने अवस्था बनेको छ । यदि त्यसो नभए जिससको प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप