अमेरिकी तल्लो सदनबाट बन्दुक नियन्त्रण विधेयक पारित
बिहीबार, २६ जेठ २०७९, ०७ : ३१
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधवार फराकिलो दायराको बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ । टेक्सास र न्यूयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध–स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको छ ।
यसले १५ राउन्डभन्दा बढी क्षमता भएका गोला बारुद बिक्री निषेधका लागि अनुमति दिएको छ । विद्येयकको पक्षमा २२३ जनाले मतदान गरेका थिए । अब कानुन बन्न माथिल्लो सदन सिनेटबाट पारित हुनुपर्छ । तर, माथिल्लो सदनबाट पारित हुने सम्भावना कम रहेको बताइन्छ ।
तर, सदनमा विधेयक पारित भएपछि डेमोक्रयाटिक पार्टीका सांसदहरूलाई मतदातालाई सकरात्मक सन्देश पठाउने मौका मिल्नेछ । यसै वर्षको नोभेम्बरमा मध्यावधि निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण