रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सोमबार बिहान ९ बजे सर्वदलीय बैठक बोलाएको छ।
- नेकपाका तर्फबाट माधव नेपाल र वर्षमान पुन बैठकमा सहभागी हुनेछन्, भने प्रचण्ड बेड रेस्टमा रहेकाले सहभागी हुन नसक्ने भएका छन्।
- सिंहदरबारस्थित संसद् सचिवालयमा बस्ने बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका दुई-दुई जना नेतालाई आमन्त्रण गरिएको छ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाएको छ।
रास्वपाका सभापति रवि लामिछानेले मुलुकको पछिल्लो राजनीतिक अवस्था र एजेन्डाहरूमा साझा धारणा बनाउने उद्देश्यले सोमबार बिहान ९ बजेका लागि यो बैठक आह्वान गरेका हुन्। उक्त सर्वदलीय छलफल सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ।
यस बैठकमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट सहसंयोजक माधव नेपाल र नेता वर्षमान पुन सहभागी हुने भएका छन्। सो पार्टीका प्रमुख सचेतक युवराज दुलालले दिएको जानकारी अनुसार संयोजक प्रचण्ड बेड रेस्टमा रहेका कारण बैठकमा सहभागी हुन नसक्ने भएका हुन्।
सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को प्रभावकारिता र अन्य महत्त्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रहेर राजनीतिक दलहरूबिच संवाद हुने बताइएको छ। रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बैठकमा सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई सहभागी हुन अनुरोध गरिएको छ।
छलफललाई व्यवस्थित र निर्णयमुखी बनाउनका लागि प्रत्येक राजनीतिक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना नेतालाई सहभागी हुन आमन्त्रण गरिएको जानकारी बुर्लाकोटीले दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
-
रास्वपा रुकुम पश्चिमकाे सभापतिमा खड्का निर्वाचित
-
‘हिमतालको कारण गाउँ नै सार्नुपर्ने स्थिति छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण