आज यी क्षेत्रका नदी नालामा आउनसक्छ अचानक बाढी
बिहीबार, २६ जेठ २०७९, ०८ : ५१
नेपालमा मनसुनी याम सुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रे, तनहुँ र स्याङजा क्षेत्रका केही ससाना खोला नदीमा अचानक बाढी आउनसक्छ ।
तर, मुलुकका प्रमुख नदीमा बहाव सतर्कता तहभन्दा तलै रहने आँकलन गरिएको छ । बर्खा याम सुरु भएसँगै महाशाखाले बाढी बुलेटिन जारी गर्न थालेको हो ।
काठमाडौं उपत्यकामा बिहानैदेखि बदली छ । पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीपछि लेखकले मागे मानव अधिकार आयोगको जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन
-
यू–१९ एसीसी महिला प्रिमियर कप : पाख्रिनकाे कप्तानीमा नेपाली टाेलीकाे घोषणा
-
अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?
-
वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान
-
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसै वर्ष स्वदेश फर्कन्छु’
-
सहकारी समस्या समाधान: मापदण्डले ल्याएको उत्साह व्याख्याले सेलायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण