दोर्दी खोला कम्पनीको आईपीओ खुला
दोर्दी खोला कम्पनीले दोस्रो पटक सर्वसाधारणका लागि साधारण सेयर विक्रीमा ल्याएको छ । प्रति सेयर १०० अंकित दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण बिक्रीमा ल्याएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूबाट अवितरित २ लाख ९७ हजार ८४० कित्तासहित सो सङ्ख्याको आईपीओ बिक्री खुला गरेको जनाएको छ । कम्पनीले निष्कासन गर्ने कुल आईपीओमध्ये पाँच प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषका इकाइहरूलाई तथा तीन प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरेको छ ।
बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले जेठ ३१ गतेसम्म ‘मेरो सेयर’को मोबाइल एप तथा वेबसाइट, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्तासम्म सेयरका लागि आवेदन दिन पाउने व्यवस्था रहेको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण