रुसी नियन्त्रणमा रहेको मारिओपोलमा हैजा प्रकोपको जोखिम
युक्रेनी बन्दरगाह सहर मारिओपोलमा हैजा प्रकोपको जोखिममा रहेको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ । रुसी सेनाको हमलामा ध्वस्त प्रायः बनेको मारिओपोल अहिले रुसी नियन्त्रणमा छ । राष्ट्रसंघका अनुसार सहरको धेरैजसो पूर्वाधार क्षतिग्रस्त भएको छ भने पानी ढलमा मिसिएको छ ।
हैजा सामान्यतया दूषित खानेकुरा वा पानी पिउनाले लाग्ने गर्छ । यो खराब सरसफाइसँग जोडिएको हुन्छ । जम्मा नगरिएका शव र फोहोरले वातावरण नै प्रदूषित बनेको छ ।
मारिओपोलमा पहिले नै महामारी फैलिएको थियो । हैजा, पखला र अन्य संक्रामक रोगहरू पहिले नै शहरमा देखिएको र प्रकोपबाट बच्न शहर बन्द गरिएको सो सहरका मेयरले बताएका छन् । रुसी सेनाले नियुक्त गरेका ती मेयरले नियमित परीक्षण गरिएको र हैजाको कुनै केस रेकर्ड नभएको बताए ।
युक्रेनको स्वास्थ्य मन्त्रालयले मारिउपोलबाट जानकारीमा सीमित पहुँच रहेको तर युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा परीक्षण गरेको र कुनै पनि केस फेला नपरेको बताएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण