बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै अमेरिकाका प्रमुख सहरमा जुलुस
बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै हजारौं प्रदर्शनकारीले अमेरिकाका प्रमुख शहरहरूमा जुलुस निकालेका छन् । दुईवटा सामूहिक गोली काण्डको घटनापछि अमेरिकाभर प्रदर्शन भएको हो ।
सयौंको संख्यामा र्यालीमा सहभागीहरुले ‘मलाई गोली हान्नबाट स्वतन्त्रता चाहन्छु’ जस्ता नारा लगाएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले विरोध प्रदर्शनलाई समर्थन गर्दै कंग्रेसलाई बन्दुक सुरक्षा कानुन पारित गर्न आह्वान गरेका छन् । यसका बाबजुद रिपब्लिकनहरूले कानुनी परिवर्तनको सम्भावनालाई खारेज गर्ने सम्भावना छ । मे २४ मा टेक्सासको उभाल्देस्थित रोब इलिमेन्टरीमा भएको गोलीकाण्डमा १९ बालबालिका र दुई बयस्कको मृत्यु भएको थियो ।
त्यसअघि न्युयोर्कको बफेलोमा आक्रमण हुँदा १० जना मारिएका थिए । एकपछि अर्को शृंखलाबद्ध हमलापछि अमेरिकामा बन्दुक नियन्त्रणका लागि पुनः आह्वान हुन थालेका छन् ।
शनिबार फ्लोरिडामा सन् २०१८ मा पार्कल्याण्ड स्कूल गोलाबारीबाट बचेकाहरूद्वारा स्थापना गरिएको बन्दुक सुरक्षा समूह मार्च फर अवर लाइभ्सले वाशिंगटन डीसी, न्यूयोर्क, लस एन्जलस र शिकागो लगायत देशभर ४५० ह्याली निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण