सपना पूरा गर्न निर्देशनमा होमिए : अभिनेता खगेन्द्र
अभिनेता खगेन्द्र लामिछाने एक फिल्म निर्देशन गर्ने सपना पुरा गर्न निर्देशनमा होमिएको बताएका छन् । आफ्नो निर्देशनमा डेब्यु फिल्म ‘पानीफाटो’ को एक मोसन पोस्टर सार्वजनिक गर्दै उनले शो बताएका हुन् ।
‘मेरो एउटा सपना थियो कमसेकम एक फिल्म निर्देशन गर्ने । धेरैले सोध्नुभयो कलाकार र लेखक हुँदा हुँदै किन फिल्म निर्देशन गर्नुपर्यो’ उनले मोसन पोष्टर सहित भिडियो सन्देशमा भनेका छन्, ‘सपनाको कुनै उत्तर हुँदैन । त्यसैले ‘पानी फोटो’ निर्देशन गरेँ ।’
१३ साउनबाट प्रदर्शनमा आउने फिल्मको मोसन पोस्टरमा पात्रहरुको मनोभाव देखाउन खोजिएको छ । पोस्टरमा अनुप बराल र मेनुका प्रधान लगायत अभिनय देख्न सकिन्छ ।
खगेन्द्रले दशक अगाडि गुरुकुलमा मञ्चन भएको नाटक ‘पानीफोटो’ लाई फिल्ममा रुपान्तरण गरेका हुन् । नाटकलाई उनी आफैंले लेखेका थिए । फिल्ममा उनको अलवा प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी लगायतको अभिनय छ ।
काठमाडौं, बर्दिया, रोल्पा लगायतका स्थानमा छायांकन भएको फिल्म दीपक बज्राचार्यले छायांकन गरेका हुन् । टुकी आर्ट्स र मन्जुश्री फिल्मस्ले निर्माण गरेको फिल्ममा खगेन्द्र स्वयंको लेखन छ । फिल्मलाई खगेन्द्रकी श्रीमती रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण