‘हाँस्ने खेल्ने बेलैमा’ भन्दै क्लबमा नाचिन् पूजा
अभिनेत्री पूजा शर्मा ‘हाँस्ने खेल्ने बेलैमा’ भन्दै डान्स क्लबमा नाचेकी छन् । उनले शनिबार ठमेलस्थित प्लेब्वाई क्लबमा फिल्म ‘सम्झना बिर्सना’ को आइटम गीत ‘हाँस्ने खेल्ने बेलैमा’ छायाङ्कन क्रममा क्लबमा नाचेकी हुन् । क्लबमा उनलाई डान्समा अभिनेता आकाश श्रेष्ठले साथ दिएका थिए ।
शनिबार क्लबमा छायाङ्कन भएको गीतको आइतबार भक्तपुर दरबार स्क्वायरमा पनि छायाङ्कन भएको छ । गीतमा कलाकार नचाउने काम कोरियोग्राफर रामजी लामिछानेले गरेका हुन् । अञ्जु पन्त र किरण गजमेरको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

‘सम्झना बिर्सना’ ३१ असारको अन्तिम साता रिलिज हुन लागेको फिल्म हो । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले प्रचारका लागि थप सहयोग हुने उद्देश्यले आइटम गीत बनाएको हो । आकाश र पूजाकै मुख्य भूमिका रहेको फिल्मका निर्देशक निमेष प्रधान हुन् भने निर्माता रेबीका र अद्वितीय प्रधान रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण