आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

‘अलिअलि तिमीसँग’ मा आकाश र पूजाको रोमान्स

सोमबार, ३० जेठ २०७९, १५ : ०८
सोमबार, ३० जेठ २०७९

गायक सजल न्यौपाने र गायिका प्रविशा अधिकारीको युगल स्वर गायन रहेको रोमान्टिक रोमान्टिक ‘अलि अलि तिमीसँग’ सार्वजनिक भएको छ । युवा अवस्थाको प्रेम र आकर्षणको भावना समेटिएका गीतका शब्द सक्रिय श्रेष्ठले कोरेका हुन् । शास्त्रीय संगीतको समिश्रण रहेको गीतमा गायक न्यौपानेकै संगीत छ भने एरेन्ज रिदम कँडेलले गरेका हुन् । 

गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा आकाश श्रेष्ठ र पूजा गिरीको रोमान्स देख्न सकिन्छ । बुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन रहेको भिडियो ‘सक्रिय क्रिमशन’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप