आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

जी–बब र उनका परिवारबीचको विवाद सुल्झियो,  भयो तीन बुँदे सहमति

सोमबार, ३० जेठ २०७९, २३ : ०३
सोमबार, ३० जेठ २०७९

जी–बबको नामले चर्चित र्याप गायक सुदिप भण्डारी र उनको परिवारबीचको विवाद सुल्झिएको छ । सोमबार दुबै पक्षले तीन बुँदे सहमती गर्दै विवाद सुल्झाएका हुन् ।

उनीहरूबीच तीन बुँदे सहमति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । जी–बबका बुवा राजकुमार भण्डारी र समर्पण समाज नेपाल कपनका सञ्चालक टासी लामाबीच परिसरमा छलफल पछि दुबैले तीन बुँदे सहमती गर्दै विवाद सुल्झाएका हुन् ।

सहमति भएको तीन बुदा यस्तो छ :
१.सुदिप भण्डारी (जी–बब) को इच्छाअनुसार उनलाई समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा रहेका अन्य व्यक्तिसरह नै राखिने छ ।
२. केही समयको लागि जी–बबले चाहेको समयमा आमा–बुवालाई भेट गराउने व्यवस्था समाजले मिलाउने छ ।
३. कुनै प्रकारको कार्यक्रममा भाग लिनुपरेमा आमा–बुवाको सहमति लिनुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप