गोरखाको भीमसेनथापाका पूर्वअध्यक्षसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी

डिभिजन वन कार्यालय गोरखाले जिल्लाको भीमसेन थापा गाउँपालिकाका पूर्वअध्यक्ष ईश्वर पाण्डेसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
गाउँपालिकाको वडा नम्बर ८ स्थित भवानी सामुदायिक वनको वन पैदावरमा पाण्डेसहितले हानी नोक्सानी पुर्याएको भन्दै पुर्जी जारी गरेको कार्यालयले जनाएको छ । पक्राउ पुर्जी जारी भएकाहरूमा सोही सामुदायिक वनका सचिव, सहसचिवलगायत पनि छन् ।
‘वन पैदावरमा हानी नोक्सानीको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । तर, अहिलेसम्म पक्राउ परेका छैनन्’ कार्यालयका सूचना अधिकृत महेश पौडेलले भने । सोही अभियोगमा यसअघि नै वनका अध्यक्ष राम ढकाल पक्राउ परिसकेका छन् । उनी प्रहरी हिरासतमा छन् ।
ढकालले दिएको वयानका आधारमा गाउँपालिकाका पूर्वअध्यक्ष पाण्डेसहित पाँच जनाविरुद्ध कार्यालयले पक्राउ पुर्जी जारी गरेको हो । पौडेलले भनेका छन्, ‘हामी अहिले अनुसन्धानकै क्रममा छौँ । आवश्यक अनुसन्धान सकिएपछि सरकारी वकिलको रायसहित जिल्ला अदालतमा मुद्दा दर्ता गर्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीडितसँग प्रचण्डले भने -'मिटरब्याज समस्याको समाधान सजिलो रहेनछ, तर किनारा लाएरै छोड्छु'
-
सरकारले व्यवसायिक फर्ममा छापा मार्न हुँदैन : उमेशलाल श्रेष्ठ
-
ट्राफिक प्रहरीको विशेष चेकिङ : लागुऔषध सेवन गरी सवारी चलाउने ४ जना चालक नियन्त्रणमा
-
सर्लाहीको भरत तालमा पर्यटकको घुँइचो
-
मिटरब्याज पीडितहरू लाइन लागेर पुगे बालुवाटार
-
आन्तरिक विवाद चुलिएपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक