डेढ घन्टामै ५० अंक घट्यो सेयर बजार
बुधबार, ०१ असार २०७९, १२ : ४२
आज कारोबार सुरू भएको डेढ घन्टाको समयमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५० अंकको गिरावट आएको छ । ११ बजे देखि कारोबार सुरू भएको नेप्सेमा साढे १२ बजेटसम्ममा ४९.६६ अंकको गिरावट आएको हो ।
यससँगै, १९ सय ९६ अंकबाट कारोबार सुरू भएको नेप्से परिसूचक यो समाचार तयार पार्दासम्म घटेर १९ सय ४६ अंकमा आइपुगेको छ । यसक्रममा आज ६८ करोड ५७ लाख ४० हजार रुपैयाँ बराबरको १८ लाख ४९ कित्ता सेयर किनबेच भएको छ ।
यस अवधिसम्ममा कारोबारमा आएका सबै १३ वटै समूहमा गिरावट आएको छ । यस्तै, आज ४ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ भने एउटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण