चर्चित कोरियाली ब्याण्ड ‘बिटिएस’का सदस्यहरुले अब अलग अलग काम गर्ने
दक्षिण कोरियाको चर्चित बोय ब्याण्ड बीटिएसले सामूहिक प्रोजेक्टबाट ‘ब्रेक’ लिने घोषणा गरेको छ । समूहको वार्षिकोत्सव मनाउन आयोजना गरेको एक डिनर समारोहमा सदस्यहरुले आगामी दिनमा अलग अलग प्रोजेक्ट गर्ने बताए ।
ब्याण्डका सदस्य जिमिनले समूह अहिले ‘जटिल परिस्थिति’बाट गुज्रिरहेको बताउदै भने ,‘ हामीहरु अहिले आफ्नो पहिचान खोज्ने प्रयासमा छौं जुन कठिन र लामो प्रक्रिया हुनेछ ।’ समूहले वर्षेनी तिनको वार्षिकोत्सवलाई फियस्टा डिनर आयोजना गरेर मनाउने गर्छ । टेलिभिजनमा प्रशारण गरिएको डिनरमा यस पटक सदस्यहरुले आफ्नो भविष्यबारे छलफल गरे ।
एक घण्टा लामो सो सम्वाद तिनको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ । बिटिएस व्याण्ड आरएम, जुङकूक, जिन, जिमिन, सुगा, जे–होप र भी गरी सात सदस्य मिलेर बनेको छ ।
डिनर सम्वादमा समूहका एक सदस्य आरएमले बिटिएसमा रहेर सबैले ठूलो उपलब्धी हासिल गरेको स्वीकार्दै अहिले हरेक सदस्यलाई हुर्किने र परिपक्व हुने समय आएको बताए ।
‘के–पप र यसको आइडल प्रणालीले व्यक्तिलाई परिपक्व हुने समय नदिने रहेछ ,’ आरएमले भने । अर्का सदस्य भीले फ्यानहरुलाई बीटीएस सधैंको छुट्टिएको नसम्झिन् आग्रह गरे । उनले आफूहरु पछि पुन समूहको रुपमा एक भएर आउने बताए ।
सन् २०१३ मा डेब्यु गरेको बिटिएस सन् २०२१ मा सबैभन्दा बढि विक्री हुने ब्याण्ड घोषित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण