गीतकार डीआरले ल्याए ५० देशका भाषामा गीत
गीतकार डा. डीआर उपाध्यायको विभिन्न ५० देशका भाषामा तयार पारिएको गीतहरू समेटिएको एल्बम ‘मन मोहिनी’ सार्वजनिक भएको छ । एल्बमले गिनिज वर्ल्ड रेकर्ड समेत राखेको छ । डीआर म्युजिक एण्ड क्रियशनले सार्वजनिक गरेको एल्बमका गीतहरूमा सन्तोष श्रेष्ठको संगीत छ ।
एल्बममा गीत नेपाली, हिन्दी, जापानी, चिनिया, अङ्ग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृति, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभाकिया, सर्बियाली, पानामियन, नर्वेजियन, आइसल्यण्डीक, बर्मेली, कोल्म्बीयन, कुर्डिस, स्वाहिली, पोलिस, बोलिभियन, हङ्गेरियन, डेनिस, लात्भियन र आर्मेनियन भाषामा रहेका छन् ।
सबै गीतमध्ये नेपाली भाषाको गीतमा संगीतकार सन्तोषकै स्वर, हिन्दीमा गीतकार डीआर र अन्यमा प्रकाश तिम्लिसिनको स्वर रहेको छ । उपाध्यायका यस अगाडि १२ भाषामा गीत रहेको एल्बम सार्वजनिक भएको थियो । डा. उपाध्याय पहिलो नेपाली सर्जक हुन् । जसले अहिलेसम्म १०८ विश्व रेकर्ड कायम गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण