टिजरमा यस्तो देखियो खगेन्द्रको ‘पानीफाटो’
अभिनेता खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’ को टिजर सार्वजनिक भएको छ । फिल्मका केही महत्वपुर्ण दृश्यहरु समेटिएर टिजर ल्याइएको हो । १ मिनेट ३० सेकेन्ड लामो टिजरमा अभिनेता खगेन्द्रसहित अनुप बराल, मेनुका प्रधान, मलिका महत लगायत कलाकारलाई देख्न सकिन्छ ।
१३ साउनबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म खगेन्द्रले दशक अगाडि गुरुकुलमा मञ्चन गरेको नाटक ‘पानीफोटो’ लाई नै फिल्मी रुपान्तरण दिएका हुन् । नाटक पनि उनले नै लेखेका थिए । प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी लगायतको समेत फिल्ममा अभिनय देख्न सकिन्छ ।
काठमाडौं, बर्दिया, रोल्पा लगायतका स्थानमा छायांकन भएको फिल्म दीपक बज्राचार्यले छायांकन गरेका हुन् । टुकी आर्ट्स र मन्जुश्री फिल्मस्ले निर्माण गरेको फिल्ममा फिल्म खगेन्द्रकी श्रीमती रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण तयार भएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण