शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

'पाण्डेकै अगाडि अर्का व्यक्तिले समेत मलाई बलात्कार गरे, उनी हेरेर बसिरहे'

पेय पदार्थ दिई शिथिल बनाएपछि शारीरिक सम्पर्क राख्थे
शुक्रबार, ०३ असार २०७९, ०९ : ०३
शुक्रबार, ०३ असार २०७९

कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले आफूमाथि कसरी यौन अपराध गरे भनेर सामाजिक सञ्जालमा खुलाएकी युवतीले प्रहरीसँगको बयानमा पाण्डेको ज्यादतीबारे थप डरलाग्दो खुलासा गरेकी छिन् । पाण्डेले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे लगायतका स्थानमा लगी होटल र पाण्डेको कारमा समेत बलात्कार गरेको पीडित युवतीले बताएकी छिन् । पाण्डेले उनकै योजनामा पाण्डेका अर्का साथीलाई पनि पाण्डेकै अगाडि बलात्कार गर्न लगाएको समेत युवतीले आफ्नो बयानमा भनेकी छिन् ।

पीडित युवतीले प्रहरीलाई दिएको बयानमा पाण्डेले कसरी आफ्नै सामुन्ने अर्का व्यक्तिलाई प्रयोग गरी बलात्कार गराए र त्यो दृश्य हेरेर बसे भनेरसमेत युवतीले डरलाग्दो खुलासा गरेकी छिन् । पीडित २६ परिसर ४४ ले दिएको बयानमा पाण्डेले अर्का व्यक्तिसँग शारीरिक सम्पर्क गर्न लगाई ती व्यक्तिलाई ‘तँ यो केटीसँग शारीरिक सम्पर्क राख म यहाँ बसेर हेर्छु, तँ र म कसले धेरै बेरसम्म सम्पर्क गर्न सक्छ हेर्छु’ भनी उसकै अगाडि बलात्कृत गराएको समेत खुलासा गरेकी छिन् ।

रातोपाटीलाई प्राप्त पीडित युवतीको बयानमा पाण्डेले मलद्वारमा समेत मैथुन गरेको, मुखमैथुन गरी अमानवीय हर्कत गराएको मुख मैथुन गर्न लगाई मुखमै वीर्य स्खलन गराएको लगायतका कारुणिक बयान दिएकी छिन् । मनोजको यातनाकै कारण आफूले सुन्दरी प्रतियोगितामा भाग लिएको ६ महिनामै गुडिरहेको गाडी अगाडि पुगेर आत्महत्याको प्रयास गरेकोसमेत उनले खुलाएकी छिन् ।

मनोज पाण्डेले त्यतिबेला दिएको यातनाकै कारण आफू शारीरिक र मानसिकरुपमा विक्षिप्त बनेको र पटकपटक आत्महत्याको प्रयाससमेत गरेको उनले बताएकी छिन् । अन्तिमपटक कुनै डाक्टरले पहिलेको घटना बाहिर ल्याए मानसिक समस्याबाट बाहिर आउन सक्ने भनेकाले यो घटनाबारे खुलासा गरेको उनले बताएकी छिन् ।

यस्तो छ, पीडित २६ परिसर ४४ ले दिएको सनसनीपूर्ण बयान :

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप