शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘दोख’ को शीर्ष गीत ‘वन चरी उड्यो’

शुक्रबार, ०३ असार २०७९, २१ : २२
शुक्रबार, ०३ असार २०७९

अनुप बराल निर्देशिन फिल्म हो ‘दोख’ । असार २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्मको शीर्ष गीत ‘वन चरी उड्यो’ सार्वजनिक गरिएको हो । गीतमा नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङको स्वर छ । गुरुङले फिल्मको गीत पहिलोपटक गाएका हुन् ।

‘फिल्मको गीत गाउँदिन भनेर बसेको थिएँ । नजिकको साथी अनुपको आग्रह टार्न सकिन’ गीतको बिषयमा गायक गुरुङले भने । श्रवण मुकारुङको शब्द, आभाषको संगीत रहेको गीतलाई नेपथ्य ब्याण्डले एरेन्ज गरेको छ । गीतले फिल्मको आवरण बोलेको बताइन्छ । फिल्मको कथा राजन कठेतले लेखेका हुन् ।

माओवादी द्वन्द कालखण्डमा सामुदायिक वनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको किचलोको कथा प्रस्तुत गरिएको फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, राज थापा, सुरज मल्ल, कमल देवकोटा, साजन थापामगर लगायतका कलाकारको अभिनय छ । सविन ज्ञवाली र मनोज अधिकारी फिल्मका निर्माता हुन् । 

शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप