शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गजल

शनिबार, ०४ असार २०७९, १३ : ०९
शनिबार, ०४ असार २०७९

नेपालमा गणतन्त्र आएको छ अरे !
त्यसैले त सबैले हक पाएको छ अरे !!

हिजोसम्म भोकै बस्ने आरुखर्के काइँलो
इच्छा लागे जति खोले खाएको छ अरे

पानी पर्दा चुहिराख्ने उसको खरको छानो
जस्ता पाता टल्काएर छाएको छ अरे

बाढी आउँदा बगाइदियो उसका परिवार
हेलिकोप्टर आउँदा नजर लाएको छ अरे

सानै छँदा मरेका हुन् उसका बाबुआमा
नागरिकता बनाउनलाई धाएको छ अरे

मन्त्रीहरू जहाज चढी विदेश भ्रमण गर्दा !
‘सयौँ थुँगा फुलका हामी’ गाएको छ अरे !!
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप