फिल्म ‘महापुरुष’ को छायाङ्कन सुरु
आइतबार, ०५ असार २०७९, १२ : ५०
फिल्म ‘महापुरुष’ को छायाङ्कन सुरु भएको छ । हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने फिल्मको छायाङ्कन शुक्रबारबाट सुरु भएको हो । फिल्मका निर्देशक प्रदीप भट्टराई हुन् । ४० दिनको छायाङ्कन तालिका रहेको फिल्ममा महका अलवा अरुण क्षेत्री, अन्जना बराइली, बानियाँ, गौरी मल्ल, राजाराम पौडेल लगायतको अभिनय रहनेछ ।
म्याक्स दीपेश खत्रीको निर्माण र रविन्द्रसिंह बानियाँको कार्यकारी निर्माण रहेको फिल्मले समाजले मानिसलाई कसरी महापुरुष बनाउँछ भन्ने कथा उठाउन खोजेको छ । फिल्म बाबु–छोरा बीचको कथा समेत रहेको निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु
-
चिनीभन्दा खतरनाक हुन्छ कृत्रिम गुलियो
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँमा