शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा ‘एज ब्यान्ड’ कन्सर्ट हुँदै

आइतबार, ०५ असार २०७९, १६ : २१
आइतबार, ०५ असार २०७९

बेलायतस्थित एचके इन्टरटेनमेन्टले  कन्सर्टको आयोजना गरेको छ ।  युवाहरु माझ लोकप्रिय 'एज ब्यान्ड' लाई लन्डन झिकाएर कन्सर्ट गर्न लागिएको हो  ।  एचके समर वायरलेस नाम दिइएको उक्त कन्सर्ट ८ जुलाई शुक्रबार साउथ वेष्ट लन्डनको इलेक्ट्रिक ब्रिक्सटनमा आयोजना गरिनेछ । झण्डै १७ सय दर्शक अट्ने क्षमताको इलेक्ट्रिक ब्रिक्सटन लाइभ कन्सर्ट र क्लबिङका लागि प्रख्यात मानिन्छ । उक्त आइकोनिक म्यूजिक भेन्यूमा विश्वप्रसिद्ध कलाकारहरुले लाइभ प्रस्तुति दिने गर्छन् । एचके इन्टरटेनमेन्टका वरिष्ठ सल्लाहकार क्याप्टेन पिताम्बर गुरुङले उक्त कन्सर्ट महामारीपछि बेलायतमा नेपाली समुदायले गर्ने सम्भवतः सबैभन्दा ठूलो हुने बताए ।

कन्सर्टबारे जानकारी दिन आयोजित एक पत्रकार सम्मेलनमा गुरुङले एज ब्याण्डसहित बेलायत र नेपाली कलाकारहरु अपूर्व तामाङ, बिक्की गुरुङ, सोनाम टपडेन र प्राज्ना लाइभ प्र्रस्तुति दिन लन्डन आउन लागेको बताए ।

उनले कन्सर्टबाट संकलित केही रकम च्यारिटीलाई प्रदान गरिने पनि बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप