‘सम्झना बिर्सना’ को गीतमा पूजा र आकाशको रोमान्स
प्रेमकथामा निर्माण भएको फिल्म ‘सम्झना बिर्सना’ नयाँ गीत ‘हाँस्ने खेल्ने बेलैमा’ सार्वजनिक भएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्म प्रति दर्शक आकर्षण गर्न नयाँ गीत ल्याएको हो ।
सार्वजनिक गीत केही दिन अगाडि मात्र छायांकन भएको हो । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, अन्जु पन्त र किरण गजमेरको स्वर रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी गरेको भिडियोमा फिल्मका मुख्य कलाकार आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको नृत्य देख्न सकिन्छ ।
३१ असारबाट देशभर प्रदर्शनमा आउँने फिल्ममा पूजा र आकाशको अलवा सुनील थापा, छुल्ठिम गुरुङ, शिशिर राणा लगायतको अभिनय छ । निमेष प्रधान निर्देशित फिल्म आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् ।
दार्जिलिङ, सिलगुडी र सिक्किमका विभिन्न स्थानमा छायांकन भएको फिल्ममा राजन इशान र सुदर्शन तामाङको संगीत, रामजीसँगै कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’को सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण