शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा दुई जना हैजाका विरामी भेटिए

आइतबार, ०५ असार २०७९, १९ : ११
आइतबार, ०५ असार २०७९

काठमाडौंमा दुई जनामा हैजाको विरामी भेटिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका दुई जना विरामीमा हैजा रोग पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 

मन्त्रालयका अनुसार १८ र २३ वर्षका दुवै जना काठमाडौं महानगरपालिका–२८ का एउटै परिवारका सदस्य हुन् । उनीहरुको टेकु अस्पतालमा उपचार भइरहेको छ । गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलिने भएकाले सतर्क रहन मन्त्रालयले अपील गरेको छ । यस्तै मन्त्रालयले हैजा सम्बन्धि कुनै लक्षण देखिए तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप