शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशको आगामी बजेटमाथिको छलफल रोकियो

सोमबार, ०६ असार २०७९, १८ : १२
सोमबार, ०६ असार २०७९

गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट मन्त्रिपरिषद्ले पास गरेको बजेट भन्दा फरक रहेको भन्दै सत्ता गठबन्धनले आपत्ति जनाएपछि बजेटमाथिको छलफल रोकिएको छ । 
गण्डकी प्रदेश सरकारका अन्य मन्त्रीहरुले प्रदेश संसदमा प्रस्तुत बजेटमा प्रदेश सरकारले पास गरेको बजेटलाई गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले नसमेटेको भन्दै असार ५ गतेका लागि बस्ने  भनेको  संसद बैठक बस्न नसकेको हो । 

मन्त्रिपरिषद्ले पास गरेको बजेट अर्थमन्त्रीले कटौती गरेको भन्दै सत्ता गठबन्धनमा तिक्तता शुरु भएको छ । गण्डकी प्रदेशका अर्थमन्त्री बरालले संसदीय पत्रकार मञ्च, गण्डकीले आयोजना गरेको संसदीय पत्रकारिता तालिम कार्यक्रममा बोल्दै आफूले मन्त्री परिषद् र नीति तथा कार्यक्रममा आएका योजनालाई समेटेर नै बजेट ल्याएको दाबी गरे । उनले आगामी आव २०७९÷०८० को लागि प्रस्तुत नीति तथा कार्यक्रममा समेत निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम नसमेटिएकाले बजेटमा नराखिएको बताए । 

गठबन्धनमा प्रमुख दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम समेट्नुपर्नेमा अर्थमन्त्रीले ‘बद्मासी’ गरेको निष्कर्ष नै निकालेका छन् । गण्डकी प्रदेश सरकारले गत असार १ मा प्रस्तुत ३६ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप