प्रवास समन्वय समितिद्वारा नारायण कँडेल निलम्बित
सोमबार, ०६ असार २०७९, १८ : २६
नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिले नारायण कँडेललाई निलम्बन गरेको छ । नेपाली जनप्रगतिशील मञ्च अमेरिकामा समानान्तर कमिटी बनाउन भूमिका खेलेको भन्दै उनलाई समितिको कार्यालय बैठकले अनुशासनको कारबाही गरेको हो।
मञ्चको प्रथम अधिवेशन सम्पन्न भइसकेपछि कँडेलले अर्को समानान्तर कमिटी बनाउन भूमिका खेलेको तथा स्वयम् त्यसको सल्लाहकार बनेको आरोप उनीमाथि लगाइएको छ । उनलाई स्पष्टीकरण सोधिए पनि चित्तबुझ्दो नदेखिएपछि समितिलगायत संगठनको सम्पूर्ण जिम्मेवारीबाट अनिश्चितकालका लागि निलम्बन गरिएको अध्यक्ष ओम शर्मा र सचिव टीबी पाठकद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
कँडेलले एमालेसँग समेत साँठगाँठ गरेको आरोप लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण