नेपाल आइडल प्रतियोगी पवनले ल्याए ‘माया बस्यो है’
मङ्गलबार, ०७ असार २०७९, १२ : २८
नेपाल आइडलका चर्चित प्रतियोगी पवन गिरीले आफ्नै स्वर, शब्द र संगीतमा नयाँ गीत ‘माया बस्यो है’ ल्याएका छन् । मायाप्रेमका बिषय समेटिएको गीतको भिडियो पनि बनेको छ । जसमा साक्षी लम्साल, बिष्णु खरेल र सरोज केसीको अभिनय देख्न सकिन्छ ।
अनुप चापागाईको निर्देशन रहेको भिडियो राज पोखरेलले छायाँकन गरेको हुन् । विकास दाहालको सम्पादन गरेका भिडियोमा गिरीको आधिकारिक युट्युव ‘पवन गिरी अफिसियल’ मार्फत सार्वजनिक भएको हो ।
गिरीका यस अगाडि ‘बधाई छ’, ‘मिल्टेरिको जुत्ता’, ‘म जे छु’, ‘मलाई एकछिन देउ’ लगायत थुप्रै गीत सार्वजनिक भएका थिए । जुन दर्शकले समेत रुचाएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण