हैजा नियन्त्रण गर्न सरकारले थाल्यो काम

person explore access_timeअसार ९, २०७९ chat_bubble_outline0

सरकारले राजधानीमा देखिएको हैजा नियन्त्रणका लागि एक टोली नै बनाएर काम थालेको छ। राजधानीमा पछिल्लो तीन दिनको अवधिमा ५ जनामा हैजा देखिएपछि सरकारले गम्भीरताका साथ काम थालेको हो । 


जिल्ला  स्वास्थ्य  कार्यालय  काठमाडौंका अनुसार काठमाडौँमा पुष्टि भएको हैजाको कारण  पत्ता  लगाउन तथा रोकथामका  लागि  पनि  ५ जनाको टोली बनाएर कामलाई तिव्रता दिइएको हो । टोलीको संयोजकमा  जिल्ला  स्वास्थ्य कार्यालय काठमाडौंका महामारी तथा रोकथाम नियन्त्रण फोकल पर्सन रामकृष्ण फुयाल रहेका छन् । 



परीक्षण गर्दा काठमाडौंको बागबजारका दिदी बहिनीमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ । केही दिन अघि एकै परिवारका दुई दिदी बहिनीमा देखिएको हैजा धारा र ट्युबवेलको पानीबाट संक्रमण भएको पुष्टि भएको हो । यसले उपत्यकामा हैजा फैलिसकेको आशंका गरिएको छ । 



उनीहरुले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। नमुना परीक्षण गर्दा उनीहरुले पिउने पानीको इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको महाशाखाका निर्देशक डा चुम्मनलाल दासले जानकारी दिए ।

उनका अनुसार इकोली र कोलीफर्म मानिसको दिसामा रहने संक्रामक जिवाणु हो । हैजा देखिएका अन्य क्षेत्रको पानीको पनि नमुना परीक्षण भइरहेको उनले बताए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।