शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

४५ अंक घटेर बन्द भयो नेप्से, १० वटा कम्पनीको सेयर मूल्य बढ्यो

बिहीबार, ०९ असार २०७९, १५ : ३०
बिहीबार, ०९ असार २०७९

आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५ अंक घटेर बन्द भएको छ । कारोबार समयदेखि घट्न सुरू गरेको नेप्से परिसूचक ४५ अंक घटेर १८ सय ४८ अंकमा आइपुगेर बन्द भएको हो । आज परिसूचक २.३९ प्रतिशतले घटेको हो ।

कारोबार सुरू भएको २ घण्टाको अवधिमा परिसूचक ५५ अंकसम्म घटेको थियो । जुन अन्तिम समयमा केही सुधार हुँदै ४५ अंक मात्रै घटेर बन्द भएको हो । यसक्रममा आज १ अर्ब ४९ करोड रुपैयाँ बराबरको ५० हजार कित्ता सेयर किनबेच भएको छ ।
बजार उच्च अंकले घटेपनि आज दुई वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सुधार आएको छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत र सीवाई नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ९ प्रतिशतको सुधार आएको हो । आज कारोबारमा आएकामध्ये १० वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ ।

बजार घटेको दिन आज सबै समूहमा गिरावट आएको छ । जसमध्ये जीवन बीमा समूहमा २१८ अंकको गिरावट आउँदा निर्जीवन बीमा कम्पनी समूहको १४३ अंक घटेको छ । यसैगरी, विकास बैंक समूहमा ११९ अंकको र लघुवित्त समूहमा १०२ अंकको गिरावट आएको छ ।

आज शीवश्री हाइड्रोपावर र लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ । यसबाहेक, आज अधिकांश कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ । आज कुमारी बैंक लिमिटेडको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज उक्त कम्पनीको ९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप