शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तुलसीपुर उपमहानगरपालिकाद्वारा १ अर्ब ८६ करोड ४६ लाखको बजेट प्रस्तुत

शुक्रबार, १० असार २०७९, १६ : ३८
शुक्रबार, १० असार २०७९

तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि एक अर्ब ८६ करोड ४७ लाख ७९ हजार रुपैयाँ विनियोजन गरेको छ । उप–महानगरपालिकाको ११ औं नगरसभाले आफ्नो नीति तथा कार्यक्रमसहित उक्त बजेट सार्वजानिक गरेको हो । 

उपमहानगरपालिकाले चालूगत तर्फका कार्यक्रमहरु, प्रशासनिक खर्च र कार्यालय सञ्चालनतर्फ कुल खर्च रु. ४७ करोड ७२ लाख ७७ हजार रहेको छ । कुल बजेटको चालूगत २५.५९ प्रतिशत रकम विनियोजन गरेको हो । त्यस्तै विकास र शसक्तीकरण कार्यक्रमहरु, सशर्तका कार्यक्रमहरु तर्फ कुल खर्च १ अर्ब ३७ करोड ९७ लाख ७९ हजार रहेको छ । पुँजीगततर्फ उपमहानगरपालिकाले कुल बजेट खर्चको ७३.९९ प्रतिशत विनियोजन गरेको छ । 

जसमा उपमहानगरपालिकाले आन्तरिक श्रोतबाट ३० करोड १२ लाख, स्थानीय तह राजश्व बाँडफाँड, मालपोत रजिष्टेशनबाट १० करोड, बैक मौज्दात रु ४ करोड ५० लाख गरी कुल आन्तरिक आम्दानी ४४ करोड ६२ लाख  विनियोजन गरेको छ । 

संघीय सरकारबाट प्राप्त हुने अनुदानहरूमा समानीकरण अनुदान ३३ करोड ६२ लाख, सशर्त अनुदान ६२ करोड ९१ लाख, समपूरक अनुदान १ करोड ६० लाख, विशेष अनुदान १ करोड ३० लाख र राजश्व बाँडफाँड रकम रु २३ करोड ५५ लाख ३ हजार रहेकोे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप