सान्जेन हाइड्रोपावर कम्पनीले आइपिओ निष्कासन गर्ने
शुक्रबार, १० असार २०७९, १८ : ५१
सान्जेन हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितको लागि आइपिओ निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपिओ बिक्री गर्न लागेको हो ।
जिल्लावासीका लागि सान्जेनले ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने छ । यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ । विश्वव्यापी फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो ।
कम्पनीले रसुवाको आमाछोदिङ्मो–५, चिलिमेमा १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । स्थानीयका लागि नेपालमा पहिलो पटक चिलिमे हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा