ठाटीकाँध गाउँपालिकाको ल्यायो ४४ करोड ९१ लाखको बजेट (पूर्णपाठसहित)
दैलेखको ठाटीकाँध गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९–०८० को लागि ४४ करोड १९ लाख ९१ हजार ९४२ रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । व्यावसायिक शिक्षा,स्वास्थ्य, कृषि, उद्यम र पूर्वाधार ठाटीकाँध गाउँपालिकाको समृद्धिको आधार भन्ने मूल नाराका साथ शिक्षा, स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याएको हो ।
गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहीले दिएको जानकारी अनुसार बजेटको खर्च बेहोर्ने स्रोत अनुसार आन्तरिक आय तर्फ ५० लाख, संघीय सरकारबाट समानीकरण अनुदान ९ करोड ४ लाख, संघीय सरकारबाट राजश्व बाँडफाँड ८ करोड १८ लाख ३८ हजार रहेको छ ।
यस्तै प्रदेश समानीकरण अनुदानबाट ८५ लाख ३६ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ४ लाख ७६ हजार, बैंक मौज्दात २ करोड ५० लाख रहने प्रक्षेपण गरिएको छ । अध्यक्ष शाहीले चालु आर्थिक वर्षका अधुरा आयोजनालाई सम्पन्न गर्नका लागि १ करोड ५० लाख बजेट विनियोजन गरिएको बताए । यो गाउँपालिका जिल्लाकै दुर्गम गाउँपालिका हो,’उनले भने,‘ यहाँको जनताको पक्षमा रहेर हामीले बजेट ल्याएका छौँ । पूर्वाधारको कुरामा संरचना निर्माणका ठुलो बजेट छुट्याएका छौँ ।’
पालिकाको शिक्षाको विकासका लागि १५ लाख, स्वास्थ्य सम्बन्धिका कार्यक्रमका लागि १९ लाख, कृषि विकास तर्फका कार्यक्रम सञ्चालन गर्न ८ लाख र पशु सेवा तर्फका कार्यक्रम सञ्चालन गर्न १५ लाख विनियोजन गरिएको छ ।
यस्तो छ बजेटको पूर्णपाठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा