
सेती नदी खोँचमा मृत पुरुष भेटिए

शुक्लागण्डकी नगरपालिकास्थित सेती नदी खोँचमा आज एक युवक मृत फेला परेका छन् । नाम, थर, वतन नखुलेको र अनुहार चिन्न नसकिने किसिमका अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन् ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ महरियाघाटमा बायाँ हातमा टाटु रहेको व्यक्ति भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।
मृतक पुरुषको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखी पहिचानका लागि आवश्यक अनुसन्धान भइरहेको उनले बताए । वर्षायामको समय भएकाले नदी, खोलाले बगाएर ल्याएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ